काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ७५ हजार १७८ जना पुगेका छन् ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रदेश २ को पर्साका १ जनामा तथा बागमती प्रदेशको काठमाडौंका ३० जना, काभ्रेपलाञ्चोकका २ जना, चितवनका १ जना, रामेछापका १ जना र ललितपुरका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्कीका १ जना, गोरखाका १ जना र तनहुँका १ जनामा तथा लुम्बिनी प्रदेशको अर्घाखाँचीका १ जना र रुपेन्देहीका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, कर्णाली प्रदेशको सल्यानका १ जनामा तथा सुदूरपश्चिम प्रदेशको बझाङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



प्रकाशित मितिः २०७७ साल फागुन २९ गते शनिबार, १६:३१