काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ७५ हजार २३१ जना पुगेका छन् ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रदेश १ को खोटाङका १ जना, पाँचथरका १ जना र सुनसरीका १ जनामा तथा बागमती प्रदेशको काठमाडौंका १९ जना, चितवनका १ जना, नुवाकोटका १ जना, भक्तपुरका १ जना, मकवानपुरका १ जना, रामेछापका १ जना, ललितपुरका २ जना र सिन्धुपाल्चोकका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्कीका १३ जना, तनहुँका १ जना, पर्वतका १ जना र वाग्लुङका १ जनामा तथा लुम्बिनी प्रदेशको पाल्पाका २ जना, प्यूठानका १ जना र रुपेन्देहीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यसैगरी, कर्णाली प्रदेशको सुर्खेतका १ जनामा तथा सुदूरपश्चिम प्रदेशको दार्चुलाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत १ गते आइतबार, १९:४५