काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ७५ हजार ३१० जना पुगेका छन् ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रदेश १ को ओखलढुंगाका १ जना, मोरङका २ जना र सुनसरीका ३ जनामा तथा बागमती प्रदेशको काठमाडौंका २७ जना, चितवनका ४ जना, भक्तपुरका ४ जना, रामेछापका १ जना र ललितपुरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्कीका १० जना, तनहुँका ४ जना, पर्वतका १ जना र दाङका २ जनामा तथा लुम्बिनी प्रदेशको पाल्पाका ४ जना, बर्दियाका १ जना, बाँकेका २ जना र रुपेन्देहीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यसैगरी, कर्णाली प्रदेशको सल्यानका १ जनामा तथा सुदूरपश्चिम प्रदेशको कैलालीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत २ गते सोमबार, १९:०३