काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ७५ हजार ४२४ जना पुगेका छन् ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रदेश १ को ताप्लेजुङका १ जना, मोरङका २ जना र सुनसरीका २ जनामा तथा बागमती प्रदेशको काठमाडौंका ३४ जना, काभ्रेपलाञ्चोकका १ जना, चितवनका ११ जना, दोलखाका २ जना, नुवाकोटका १ जना, भक्तपुरका २ जना, रामेछापका १ जना, ललितपुरका ७ जना, सिन्धुपाल्चोकका १ जना र सिन्धुलीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्कीका २५ जना, गोरखाका १ जना, नवलपरासी पूर्वका २ जना, पर्वतका १ जना, बाग्लुङका २ जना, स्याङ्जाका १ जना र दाङका २ जनामा तथा लुम्बिनी प्रदेशको पाल्पाका १ जना, प्यूठानका १ जना, बर्दियाका १ जना, बाँकेका ५ जना र रुपेन्देहीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यसैगरी, कर्णाली प्रदेशको सुर्खेतका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत ३ गते मंगलबार, १९:५६