काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ७४ हजार ८१० जना पुगेका छन् ।

आज कोरोना संक्रमित थपिनेमा ४९ पुरुष र ४० जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज प्रदेश १ का जिल्लाहरुमा ओखलढुंगाका १ जना, झापाका १ जना, मोरङका १ जना र सुनसरीका ३ जना तथा प्रदेश २ का जिल्लाहरुमा पर्साका ३ जना र सिराहाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ४५ जना, चितवनका ६ जना, भक्तपुरका ६ जना, मकवानपुरका २ जना र ललितपुरका ६ जना तथा गण्डकी प्रदेशका जिल्लामा कास्कीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यसैगरी, लुम्बिनी प्रदेशका जिल्लाहरुमा दाङका १ जना, पाल्पाका १ जना, बर्दियाका २ जना, बाँकेका २ जना र रुपन्देहीका १ जना, कर्णाली प्रदेशका जिल्लाहरुमा कालिकोटका १ जना र जुम्लाका १ जना तथा सुदूरपश्चिम प्रदेशका जिल्लामा कैलालीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन २४ गते सोमबार, १७:२४