काठमाडौंः काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ ।

आज काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै सबभन्दा कम ५ दशमलव ६ डिग्री मापन गरिएको छ । बुधबार काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव ० डिग्री थियो ।

काठमाडौंमा मात्र होईन देशका विभिन्न ठाउँमा चिसोले गर्दा सामान्य जनजिवन प्रभावित भएको छ । मौसमविद्का अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ ।

दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुस भएको छ । यही समयमा पानी पर्‍यो भने अझै जाडो बढ्ने मौसमविद्हरु बताउँछन् । तत्काललाई पानी पर्ने सम्भावना भने नभएको मौसमविदहरुले बताएका छन् । वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ ।



प्रकाशित मितिः २०७७ साल मंसिर ४ बिहीबार, १४:४३