काठमाडौंः आज पनि केही नेवार समुदायले किजापूजा अर्थात भाइटीका लगाउने भएका छन् ।

नेवाः परम्परा र व्यवहार अनुसार सोमबार नेपाल संवत नयाँ वर्ष ११४१ र म्ह पुजा रहेकोले आज किजा पुजा अर्थात् भाइटीका लगाउन लागेका हुन् ।

आज बिहानको केही समय द्वितीया तिथि रहेकाले भाइटीका लगाउन पनि सकिन्छ । धेरैजसोले भने सोमबार नै भाइटीका लगाएका छन् ।

किजापूजाको अवसरमा आज पनि बालगोपालेश्वर मन्दिर बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने जनाइएको छ ।

सरकारले किजापूजाका लागि आज सार्वजनिक बिदा पनि दिइएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर २ मंगलबार, ०८:५३