काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन ६ सय र चाँदी १५ रुपैयाँले घटेको हो ।
बिहीबार ८६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज शुक्रबार ६ सय रुपैयाँले घटेर ८६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ८५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साल फागुन २८ गते शुक्रबार, १५:२२
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook