भक्तपुरः कोरोना भाइरसको महामारीमा भएको रगत अभावलाई मध्यनजर गर्दै केदारनाथको शिर डोलेश्वर मन्दिरमा आयोजना गरिएको रक्तदानमा साउनको तेस्रो सोमबार आज २४ जनाले रक्तदान गरेका छन् ।

मन्दिर परिसरमा तौडोल छाप बचत तथा ऋण सहकारी संस्था लि. र तौडोल छाप सामुदायिक वन उपभोक्ता समूह सिपाडोलको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाईटी सिपाडोल उपशाखा र केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको समन्वयमा रक्तदान कार्यक्रम भएको हो ।


रक्तदान कार्यक्रममा ३ जना महिला र २१ जना पुरुषले रक्तदान गरेको तौडोल छाप साकोसका सचिव दिपेन्द्र कुमार थापाले नेपालतारालाई जानकारी दिए ।

सामाजिक दुरी कायम गरी सुरक्षाका उपाय अवलम्बन गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

साउन महिनाभर प्रत्येक सोमबार र शनिबार तथा भदौ ६ गते मन्दिर परिसरमा रक्तदान गरिने छ ।


प्रकाशित मितिः सोमबार, साउन १९, २०७७, २०:१७