काठमाडौं : आज देखि देशभर मनसुन सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केहि दिनदेखि निष्कृय रहेको मनसुन पूर्वी वायु सक्रिय देखिन थालेकासँगै मनसुन सक्रिय बन्दै गएको हो । मनसुन पूर्व बाट सुरुभएर मध्य हुँदै पश्चिमी भागसम्म पुग्ने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देखि देशका अधिकांश ठाउँमा मौसम बदली भई केही दिन भारी बर्षा हुने सम्भावना देखिएकाले विशेष गरि पहाडी क्षेत्र, पहिरोको जोखिम रहेका स्थान साथै नदी आसपासका क्षेत्रका बासिन्दाहरु लाई सतर्क रहन समेत सतर्क रहन मौसमविद्हरुले सुझाब दिएका छन् ।