काठमाडौंः आज देशका केही क्षेत्रमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले आज पश्चिमका थोरै स्थानहरुमा र मध्य तथा पूर्वी भूभागका केही स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । यसैगरी आजै उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने जनाइएको छ ।

पश्चिमी वायु अहिले सुदुरपश्चिम क्षेत्रबाट पूर्वतर्फ सरिरहेको छ । पश्चिमी वायु पूर्वतिर सर्ने क्रममा रहेकाले भोलि बुधबार काठमाडौंसहित मध्य र पूर्वमा पनि पानी पर्ने पूर्वानुमान गरिएको छ ।

शुक्रबारसम्म सक्रिय रहने यो मौसम प्रणालीले पानी र हिउँ पर्ने तथा चिसो अत्याधिक बढाउनेछ ।


काठमाडौं उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ४.२ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौंमा सोमबार बिहानको न्यूनतम तापक्रम १.६ रहेको थियो ।


प्रकाशित मितिः मंगलबार, पुस २२, ०८:५३