काठमाडौंः आज देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ ।

आज दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायु को प्रभाव रहेको छ साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश र प्रदेश २ का थोरै स्थानहरुमा वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


यस्तै, राति देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।


प्रकाशित मितिः बुधबार, असार १७, २०७७, ०८:३७