काठमाडौंः मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्व नेपाल मिक्स यू–१९ टिमले आज शनिबार टी–ट्वान्टी क्रिकेट खेल्दैछ ।

नेपाल भ्रमणमा रहेका एमसीसीसँग यू–१९ र सिनियर गरि नेपालको मिश्रित टोलीले नेपालले टी–ट्वान्टी क्रिकेट खेल्न लागेको हो ।

खेल काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ११ बजेपछि सुरु हुनेछ ।

नेपाली टिमको कप्तानी रोहित कुमार पौडेलले गर्ने छन् ।

पहिलो एकदिवसीय खेलमा एमसीसीसँग नेपाली यू–१९ टिम पराजित भएको थियो । तर, सिनियर क्रिकेट टिमले दोस्रो एक दिवसीय खेलमा एमसीसीलाई हराएको थियो ।

यसैगरी फस्ट क्लास तीन दिवसीय क्रिकेटमा नेपाल एमसीसीसँग २ सय ८ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।


टी–ट्वान्टी पछि एमसीसी टिम पोखरा जानेछ । पोखरामा एमसीसीले पोखरा आमन्त्रण–११ र मुख्यमन्त्री–११ सँग दुई टी–ट्वान्टी क्रिकेट खेल्नेछ ।


प्रकाशित मितिः शनिबार, कार्तिक २३, ०९:२४