काठमाडौंः थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको दोस्रो खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेशबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल फाइनल पुग्ने लक्ष्यमा हुनेछ ।

प्रतियोगिताको फाइनल पुग्न नेपाललाई बंगलादेशविरुद्ध जित वा बराबरीको नतिजा निकाल्नु पर्नेछ । त्यसैले यस खेल नेपालका लागि महत्वपूर्ण रहेको छ ।

बंगलादेशले पहिलो खेलमा किर्गिस्तानको यू–२३ टिमलाई १–० ले हराएको थियो । नेपालले भने किर्गिस्तानविरुद्ध गोलरहित बराबरी खेलेको थियो ।

राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।


किर्गिस्तान पहिलो खेलमा बंगलादेशसँग १–० ले पराजित गरेको थियो । नेपाल र किर्गिस्तानले गोलरहित बराबरी खेलेपछि बंगलादेश फाइनल पुगिसकेको छ । अब नेपाल र किर्गिस्तानमध्ये अर्को टोलीले सोमबार हुने फाइनलमा बंगलादेशको सामना गर्नेछ ।


प्रकाशित मितिः २०७७ साल चैत १४ गते शनिबार, ०८:४१