काठमाडौंः आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा आज शुक्रबार सुन प्रतितोला ३ सय र चाँदी ५ रुपैयाँले बढेको हो ।
बिहीबार ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार ३ सय रुपैयाँले बढेर ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साल मंसिर १९ शुक्रबार, १२:१६
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook