काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ ।
बैठक दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।
कांग्रेसले आजको बैठकमा संसद विघटनविरुद्धको आन्दोलनका विषयमा छलफल गर्दैछ ।
बुधबारको बैठकबाट कांग्रेसको १४ औं महाधिवेशन आगामी २०७८ साल भदौ ७ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव गरेको छ ।
प्रकाशित मितिः २०७७ साल फागुन ६ गते बिहीबार, ०८:४९
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook