काठमाडौः नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । मंंगलबारको तुलनामा बुधबार सुन ९ सय र चाँदी ५० रुपैयाँ घटेको हो । मंगलबार पनि ३ सय रुपैयाँले सुनको मूल्य घटेको थियो ।

मंगलबार ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बुधबार ९ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ५० रुपैयाँले घटेर प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस ८ गते बुधबार, ११:०२