काठमाडौंः आज शनिबार पनि देशका अधिकांश स्थानमा पानी र हिउँ पर्ने सम्भावना रहेको छ ।

पश्चिमी वायुको प्रभावका कारण शनिबार पनि देशभरमा मौसम बदली भई दिउँसो र साँझसम्म पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात तथा पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा हुन सक्ने मौसमविदले बताएका छन् ।

वर्षा र हिमपातका कारण अत्यधिक चिसो बढेकाले सर्तकता अपनाउन महाशाखाले आग्रह गरेको छ । शुक्रबार काठमाडौंको अधिकतम तापक्रम ९.९ डिग्री सेल्सियस मापन भएको थियो भने शनिबार बिहान ६ डिग्री सेल्सियस मापन भएको छ ।

पश्चिमी वायुको असरका कारण आइतबारसम्मै मौसम बदली हुने महाशाखाले जनाएको छ ।


। महाशाखाका अनुसारआइबार साँझदेखि मौसममा क्रमिक सुधार हुने छ ।


प्रकाशित मितिः शनिबार, पुस १९, ०८:३९