काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार सुन १ सय र चाँदी १५ रुपैयाँले बढेको हो ।

आइतबार ८६ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोमबार १ सय रुपैयाँले बढेर ८६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन २४ गते सोमबार, ११:०४