काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन ६ सय र चाँदी १५ रुपैयाँले बढेको हो ।

बुधबार ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बिहीबार ६ सय रुपैयाँले बढेर ८६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८६ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन २७ गते बिहीबार, १६:५१