काठमाडौंः नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन ९ सय र चाँदी ३० रुपैयाँले बढेको हो ।

बिहीबार ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज शुक्रबार ९ सयले बढेर ८७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ३० रुपैयाँले बढेर प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत २० गते शुक्रबार, ११:३०