काठमाडौंः आज पनि सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

बुधबार ८० हजार ५ सयमा कारोबार भएको छापावाला सुन बिहीबार २ सयले बढेर ८० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८० हजार ४ सयमा कारोबार भइरहेको छ ।

पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ । आज छापावाला सुनको मूल्यले ८० हजार ७ सयमा पुगेर अहिलेसम्मकै रेकर्ड तोडेको छ ।

चाँदी भने आज स्थिर रहँदै प्रतितोला ८ सय ८० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः बिहीबार, फागुन २२, १०:५२