काठमाडौंः आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरुमा वर्षा हुने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

आज राति देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बाग्मती प्रदेश र प्रदेश ५ का थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।


महाशाखले आज पनि देशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको हुँदा सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ ।


प्रकाशित मितिः मंगलबार, असार १६, २०७७, ०८:५३