काठमाडौंः मनसुनी वायु सक्रिय रहँदा आज पनि मुलुकका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सातै प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षा भैरहेको छ ।

महाशाखाका अनुसार दिउँसो पनि देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रही थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनमा उल्लेख छ ।


। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, २, ५ र गण्डकी प्रदेश भइ बहने नदीहरुमा पानीको बहाव खतराको संकेतसम्म पुग्ने महाशाखाले जनाएको छ । मौसमविदहरुले २९ असारसम्म भारी वर्षा हुने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् ।


प्रकाशित मितिः शुक्रबार, असार २६, २०७७, ०९:५९