काठमाडौंः नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य चाहिँ स्थिर रहेको छ ।

सोमबार ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज मंगलबार पनि १ सय रुपैयाँले घटेर ९२ हजार ३ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य सोमबार पनि १ सय रुपैयाँले घटेको थियो ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज स्थिर रहँदै प्रतितोला १ हजार २०० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर ३० गते मंगलबार, ११:४४