काठमाडौः नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन १ सयले बढेको हो भने चाँदी १० रुपैयाँले घटेको हो । बिहीबार पनि सुन १ सय रुपैयाँले बढेको थियो ।
बिहीबार ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज शुक्रबार १ सय रुपैयाँले बढेर ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी भने आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साल पुस १० गते शुक्रबार, ११:५४
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook