काठमाडौंः आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा आज बुधबार सुन प्रतितोला ५ सय र चाँदी ३० रुपैयाँले बढेको हो । मंगलबार पनि सुन ५ सयले बढेको थियो ।
मंगलबार ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार ५ सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज ३० रुपैयाँले बढेर प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साल मंसिर १७ बुधबार, १०:५३
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook