काठमाडौंः बुधबार प्रतिनिधिसभामा मतदान हुने भएको छ । संघीय संसद्को नियमावली मस्यौदामाथि परेका प्रस्तावहरुको टुङ्गो लगाउन आज मतदान हुने भएको हो । आइतबार नियमावली मस्यौदा समितिले सदनमा पेस गरेको मस्यौदामा सांसदहरुबाट ६ वटा संसोधन दर्ता भएका छन् ।

यदि यसरी दर्ता भएका संसोधनहरुको व्यवस्था पारित भएको अवस्थामा हत्या, अपहरण, जबरजस्ती करणी, शरिर बन्दक लगायतका गम्भिर अभियोग लागेर थुनामा परेपनि सांसद पद निलम्बन नहुने भएको छ ।

समितिले फौजदारी अभियोग लागे पनि सांसदपद निलम्बन नहुने, समिति संख्या १० वटा रहने लगायतका कुरा समेटेर सदनमा प्रतिवेदन पेस गरेको छ ।

यदि फौजदारी अभियोग लागेको खण्डमा सांसदहरुलाइ निलम्बन गर्नु पर्ने प्राबधान राख्नु पर्ने भन्दै एमाले सांसदले संसोधन दर्ता गराएका छन् भने कांग्रेस सांसदहरुले बिषयगत समितिको संख्या हटाउनु पर्ने बिषयमा प्रस्ताव संसोधन गराएका छन् ।


सचिवालयले दिएको जानकारी अनुसार: बुधबारसम्म पनि विवाद नमिले पुन बिहीबारको बैठकमा मतदान हुने र मस्यौदा समिति सभापति कृष्णभक्त पोखरेलले प्रतिबेदनको दफादार छलफल गरियोस् भन्ने प्रस्तावलाइ प्रस्तुत गर्दै नियमावलीमाथि दफादार छलफल गरी टुङ्गो लगाउने भएको छ ।