काठमाडौंः संसद पुनर्स्थापनापछि आज प्रतिनिधि सभाको दोस्रो बैठक बस्दैछ ।

बैठक आज दिउँसो १ बजे बस्ने संसदीय सचिवालयले जनाएको छ ।

बहिष्कार र अवरोधका कारण फागुन २३ गतेको पहिलो बैठक सभामुख अग्नि सापकोटाले स्थगित गरी फागुन २६ का लागि मिति तोकेका थिए ।

सचिवालयका अनुसार आजको बैठकमा ७ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ ।

यसअघि यही फागुन २३ गतेको पहिलो बैठकमा सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेस गर्दा फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठकै अवरुद्ध पारेको थियो । त्यस्तै प्रचण्ड–नेपाल पक्षका सांसदले पनि बैठक बहिष्कार गरेका थिए ।


हेर्नुहोस्, आजको बैठकका लागि तय गरेको सम्भावित कार्यक्रमको सूची :

karyasuchi2


प्रकाशित मितिः २०७७ साल फागुन २६ गते बुधबार, ०७:०७