काठमाडौं: ६ दिने चीन भ्रमणमा रहेर हिजो फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदलाई आफ्नो भ्रमणको उपलब्धि बारे सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले दिउँसोको २ बजे प्रतिनिधिसभा बैठकलाई संबोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीले चीन भ्रमणमा भएको सम्झौता बारे प्रतिनिधिसभा बैठकलाई संबोधन गर्न लागेका हुन् । उनले विशेष गरी ऊर्जा, रेल र अन्य विकासन्मुख विषयमा चीन सँग भएका सम्झौता बारे सम्बोधन गर्ने छन् ।