काठमाडौं : आज बाट देशभर मनसुन सक्रिय हुने भएको छ । केहि दिनदेखि सक्रिय हुन नसकेको मनसुन बुधबार देखि सक्रिय हुने तर कमजोर खालको हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गत ८ जुनमा नेपालको पूर्व भागबाट फैलिएको मनसुनी वायु दुई साता बितिसक्दा पूर्वी र मध्य क्षेत्रमा मात्रै सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले अघिल्लो वर्षभन्दा चार दिनअघि नै नेपालमा मनसुन प्रवेश गरेको बताए पनि मुलुकभर फैलने समय भने लम्बिएको जनाएको छ ।

एक सातामै मुलुकभर फैलिने गरेकोमा पश्चिमी वायुको प्रभावका कारण नेपालमा मनसुन सक्रिय हुन समय लागेको महाशाखाले जानकारी दिएको छ ।