काठमाडौँ वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ ।
राष्ट्रप्रमुख तथा उच्च पदस्थका व्यक्तिहरूको उपस्थितिमा देखाइने जात्राका लागि मत्स्येन्द्रनाथको रथलाई लगनखेलस्थित थटिटोलबाट तानेर जावलाखेल पुर्याइएको थियो ।
रथ जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्परा अनुसार मत्स्येन्द्रनाथको लोककथन रहेको बहुमूल्य मणिमाणिक, हीरामोती, रत्न आदि जडित भोटो देखाइनेछ ।
भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ । भोटो जात्रा शुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उनले बताए । मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार ३०० वर्ष अघि नै शुरु भएको हो ।
।
किम्बदन्तीअनुसार यो यात्रा शुरु भइसकेकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे ।
डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणिमाणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्य लोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले ।
मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे । पाएनन् । मच्छेन्द्रनाथको जात्रा हेर्न जाँदा आफुले पुरस्कार स्वरुप पाएको भोटो मनुष्यका रुपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे ।
भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छेन्द्रनाथको जिम्मा लगाइयो ।
मीननाथलाई रथमा नै राखेर तानेर चक्रबहिमा र्पुयाएपछि यस वर्षको मत्स्येन्द्रनाथको रथ यात्रा समापन हुन्छ । बौद्धहरूले करुणमयका रूपमा मानिने र सिद्धेश्वरका रूपमा पनि पुजिने मच्छिन्द्रनाथको जात्रा गोपाल वंशावलीमा भक्तपुरका नरेन्द्रदेव राजा र काठमाडौंका बन्धुदत्तले चलाएको भन्ने उल्लेख छ ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook