काठमाडौंः लकडाउनका बारेमा निर्णय गर्ने आज आइतबार मन्त्रिपरिषदको बैठक बस्दैछ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने तय भएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु भएको लकडाउनको अवधि सोमबार बिहान सकिँदै छ । त्यहि कारण लकडाउन थप गर्ने सम्बन्धी निर्णयका लागि मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

यसअघि शनिबार बसेको कोभिड(१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने राय दिएको थियो ।

गएको चैत ११ गतेदेखि लकडाउन जारी छ ।


प्रकाशित मितिः आइतबार, वैशाख १४, १०:३०