काठमाडौंः आज राष्ट्रिय टोपी दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।

नेपाली टोपीको प्रवर्द्धन गर्ने उद्देश्यले ७ वर्ष अघिदेखि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।

‘भ्रमण वर्षको वहार, नेपाली टोपी उपहार’ भन्ने मूल नाराका साथ वि.सं. २०७० सालदेखि केही युवाहरुले नेपाली मौलिक पोशाक संरक्षणको अभियानका लागि ‘टोपी दिवस’ मनाउन सुरु गरेका हुन् ।

१ जनवरीका दिन आ–आफ्नो आफ्नो स्थान र अवस्था अनुसार नेपाली टोपी लगाइ, फोटो खिचेर नेपाली टोपी दिवसको सामाजिक संजालबाट शुभकामना दिने प्रचलन बढेको छ ।

दिवसले नेपाली टोपीको पर्वद्धनमा सहयोग पुग्ने र देशभित्र पनि टोपी संस्कारले प्रोत्साहन पाउने विश्वास गरिएको छ ।


राष्ट्रिय टोपी दिवसको अवसरमा राजधानी लगायतका ठाउँहरूमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

यसैबीच, बुधबार बिहान काठमाडौंको माइतीघर मण्डलामा भेला भएका युवाहरुले नेपाली राष्ट्रिय पोशाक लगाएर टोपी दिवस मनाइएका छन् ।


प्रकाशित मितिः बुधबार, पुस १६, ११:४८