काठमाडौंः आज २२ डिसेम्बर अर्थात वर्षकै छोटो दिन हो । सामान्यतयाः आज पृथ्वीको उत्तरी गोलार्द्धमा दिन छोटो र दक्षिणी गोलार्द्धमा लामो हुन्छ । नेपाल लगायत उत्तरी गोलार्द्धमा रहेका मुलुकमा आजको दिन वर्षभरीकै सर्वाधिक छोटो हुनेछ । आजको रात सबभन्दा लामो हुन्छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार काठमाडौंमा ६ बजेर ५१ मिनेट जाँदा सूर्योदय भएको थियो भने साँझ ५ बजेर १४ मिनेटमा सूर्यास्त हुनेछ ।

भोलिदेखि दिन लामो हुन थाल्छ र चिसो पनि झनै बढ्छ । अंग्रेजीमा यसलाई विन्टर सोल्सटाइस भनिन्छ । सूर्य सीधै मकर रेखामाथि हुँदा विन्टर सोल्सटाइस हुन्छ । पृथ्वीमा ऋतु परिवर्तन हुनुका एक मात्र कारण भनेको पृथ्वी झुकेको अक्षमा घुमेकाले गर्दा हो ।


। त्यसकारण वर्षको आधा समय सूर्य उत्तरी ध्रुवतर्फ झुक्छ भने बाँकी आधा समय दक्षिणी ध्रुवतर्फ ।

अन्तर्राष्ट्रिय समय अनुसार छोटो दिन डिसेम्बर २०, २१, २२ वा २३ मध्य कुनै एक दिन पर्छ भने जुन २१, २२ र २३ मध्य कुनै एक दिन रात छोटो र दिन लामो हुने गर्छ ।


प्रकाशित मितिः आइतबार, पुस ६, १२:१३