काठमाडौंः विश्व योग दिवस आज आइतबार योग र आयुर्वेदसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरी विश्व योग दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घले सन् २०१५ देखि जुन २१ लाई विश्व योग दिवसका रूपमा मनाउन सुरु गरेको हो ।

योगका विभिन्न आसन तथा ध्यानलगायतका कार्यक्रम गरी विश्व योग दिवस मनाउन लागिएको हो ।

विश्व योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसङ्घको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए । प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाले समर्थन गरेका थिए । यो प्रस्तावलाई हाल विश्वका धेरै देशले समर्थन गरिसकेका छन् ।


यस वर्ष कोरोना भाइरसको संक्रमण फैलिएकाले सार्वजनिक कार्यक्रमभन्दा पनि प्रविधिलाई उपयोग गरी जुम प्रविधिका माध्यमबाट कार्यक्रम गरिने जनाइएको छ ।


प्रकाशित मितिः आइतबार, असार ७, २०७७, ११:३९