काठमाडौँ : आज विश्व योग दिवस योगसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाले आज विभिन्न कार्यक्रम गरी मनाइदैछ ।  प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यता प्राप्त गर्न गर्ने गरिन्थ्यो ।

वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग पछिल्लो समयमा नेपालीको दैनिकी बनेको छ । आधुनिकता सगै व्यस्तता बढ्न थालेपछि मन शान्तीका लागि योगतिर आकर्षित हुन थालेका छन् ।

योगको महत्वलाई दृष्टिगत गर्दै संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष जुन २१ तारिखमा विश्व योग दिवस मनाउने घोषणा गरेको थियो ।

यसैवीच आजै विश्व संगीत दिवस पनि मनाइदै छ ।


संगीत दिवसको शुरुवात सन् १९८२ मा फ्रान्सबाट भएको थियो त्यसयता संगीत सिक्दै गरेका र व्यवसायिक संगीतकारलाई एकै ठाउँमा ल्याउन र संगीतलाई जनमानसमा फैलाउने उद्देश्यले विश्वका विभिन्न देशमा संगीत दिवस मनाउदै आएका छन ।

संगीतले मानव जीवनमा सकारात्मक प्रभाव पार्ने भएकाले यसको महत्वलाई स्मरण गर्दै हरेक वर्ष जुन २१ तारिखका दिन विशेष सांगीतिक कार्यक्रम गरी संगीत दिवस मनाउने गरिन्छ ।

नेपालमा पनि विभिन्न संगीत सग सम्वन्धित संघसंस्थाले औपचारिक कार्यक्रम गरी संगीत दिवस मनाउन मनाउने गरेका छन ।