नेपाल तारा:विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। मानव रगत समूह ९ब्लड ग्रुप० पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो ।

रक्तदानको महत्त्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति धन्यवाद व्यक्त गर्न हरेक वर्ष यो दिवस मनाउन गरिन्छ।

यसवर्ष दिवसको नारा ९सेवाभाव जगाऊँ रक्तदान गरौँ जीवन बाडौँ० तय तरिएको छ । रगत मानव शरीरका लगि अत्यावश्यक रातो तरल पदार्थ हो । दिवसलाई युवाहरुलाई उत्प्रेरित गर्ने र नियमित रक्तदाताहरुलाई सम्मानगर्ने अवसरको रुपमा पनि मनाृउने गरिएको छ ।


मानव शरीरमा औसत ५ दशमलव ५ लिटर रगत रहेको हुन्छ । मानिसको कुल वजनको ७ प्रतिशत रगत हुन्छ । रगतमा प्लाज्मा ५४ दशमलव ३ प्रतिशत, रातो रक्तकोष ४५ प्रतिशत र सेतो रक्तकोष ० दशमलव ७ प्रतिशत रहेको हुन्छ ।