काठमाडाैँ: शरणार्थी सम्बन्धी जनचेतना फैलाउने र शरणार्थीको पक्षमा एकताबद्ध हुन आग्रह गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन २० मा यो दिवस मनाउने गरिन्छ ।
आज १८ औं विश्व शरणार्थी दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । शरणार्थी सम्बन्धि घोषणापत्र जारी भएको ५० बर्ष पुगेको अवसरमा ४ डिसेम्बर २०००मा बसेको संयुक्त राष्ट्रसंघको साधारणसभाले २००१ जुन २० देखि अन्तराष्ट्रिय स्तरमा शरणार्थी दिवस मनाउने निर्णय अनुरुप हरेक बर्ष आजकै दिन यो दिवस मनाउने गरिन्छ ।
विश्वमा युद्ध, प्राकृतिक प्रकोप आदी विभिन्न कारणले लाखौं मानिस आफ्नो घर छोडेर शरणार्थी बन्न बाध्य छन् ।
शरणार्थीको पक्षमा विश्व समुदायलाई एकताबद्ध गर्न संयुक्त राष्ट्रसंघीय शरणार्थी आयोग युएनएचसिआरले विभिन्न काम गर्दै आएको छ । यसैविच दिवसको पुर्वसन्ध्यामा राजधानीको घण्टाघरमा प्रोजेक्टका माध्यम बाट प्रकाश पारेर दिवस मनाएको छ ।