काठमाडौंः आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । मंगलबार सुन २ सय रुपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँले घटेको हो ।

सोमबार ८२ हजार ५ सयमा कारोबार भएको छापावाला सुन मंगलबार २ सयले बढेर ८२ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८२ हजार ४ सयमा कारोबार भइरहेको छ ।

पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ । आज छापावाला सुनको मूल्यले ८२ हजार ७ सयमा पुगेर अहिलेसम्मकै रेकर्ड तोडेको छ ।

चाँदी भने आज १० रुपैयाँले घटेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रकाशित मितिः मंगलबार, फागुन २७, १०:४४