काठमाडौंः आज सुनचाँदीको मूल्य घटेको छ । १७ गते शुक्रबारको तुलनामा आज शुक्रबार बजारमा सुन ५ सय र चाँदी ५ रुपैयाँले घटेको हो ।

छापावाला सुन आज प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः शुक्रबार, असोज २४, १०:५७