काठमाडौंः आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आइतबार ९१ हजार ३ सयमा कारोबार भएको छापावाला सुन सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ९० हजार ८ सय ६० रुपैयाँमै कारोबार भइरहेको छ ।

चाँदी पनि आज स्थिर रहँदै ९ सय ४५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः सोमबार, असार १५, २०७७, ११:०३