काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको चाहिँ बढेको छ । सोमबारको तुलनामा मंगलबार चाँदी ५ रुपैयाँले बढेको हो ।

सोमबार ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज मंगलबार स्थिर रहेर ८६ हजार ६ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८६ हजार १५० रुपैयाँमै कारोबार भइरहेको छ ।

चाँदी भने आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत ३ गते मंगलबार, ११:०१