काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य चाहिँ घटेको छ । मंगलबारको तुलनामा बुधबार चाँदी १० रुपैयाँले घटेको हो ।

मंगलबार ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बुधबार स्थिर रहँदै सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८६ हजार २५० रुपैयाँमै कारोबार भइरहेको छ ।

चाँदी भने आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत ११ गते बुधबार, ११:१७