काठमाडौंः नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

शुक्रबार ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८६ हजार ९५० रुपैयाँमै कारोबार भइरहेको छ ।

चाँदी पनि आज स्थिर रहँदै प्रतितोला १ हजार २४० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत २२ गते आइतबार, ११:२६