काठमाडौंः नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आइतबार ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोमबार पनि स्थिर रहँदै सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

चाँदी पनि आज स्थिर रहँदै प्रतितोला १ हजार ३१० रुपैयाँम कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख १३ गते सोमबार, १०:५२