काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको चाहिँ स्थिर रहेको छ । शुक्रबारको तुलनामा आइतबार सुन ४ सय रुपैयाँले बढेको हो ।

शुक्रबार ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज आइतबार ४ सय रुपैयाँले बढेर ८६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज स्थिर रहेर प्रतितोला १ हजार २७० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत १ गते आइतबार, १२:२८