काठमाडौंः आज सोनाम अर्थात ग्याल्बो ल्होसार पर्व । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाइँने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुन्छ । यो २८५७ औं सोनाम ल्होसार हो ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । आजैबाट सुँगुर वर्ष पूरा भई मुसा वर्ष सुरु हुँदैछ ।
‘ल्हो’ भन्नाले वर्ष तथा ‘सार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । प्रत्येक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशिर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ ।
।
कोरोना महामारीका कारण यस वर्ष स्वास्थ्य सुरक्षाका विधि अपनाएर ल्होसार मनाइन लागेको छ ।
सोनाम ल्होसारका अवसरमा तामाङ समुदायले विभिन्न ठाउँमा विभिन्न कार्यक्रम गर्दैछन् ।
यस वर्ष पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।
प्रकाशित मितिः २०७७ साल माघ ३० गते शुक्रबार, १०:४३
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook