काठमाडौंः आश्विन कृष्णपक्ष सुरु भएसँगै १६ दिनसम्म गरिने श्राद्धको आज अन्तिम दिन विविध कारणले तिथी अनुसार श्राद्ध गर्न नसक्नेले अपरान्हकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गरिँदैछ ।

पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो ।

पितृ पक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवंवगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध समेत भनिन्छ ।

कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ ।


चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परानुसार दसैं सुरु हुनुअघि सोह्रश्राद्ध गर्ने गरिएको हो । सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।

यस वर्ष असोज महिनाभर अधिकमास भएकाले आश्विन शुक्लपञ्चमी कात्तिक ५ गते बुधबार पर्छ । भदौको पितृपक्ष अर्थात् सोह्र श्राद्धमा कोरोना वा कारणले श्राद्ध गर्न नसक्नेले कात्तिक १ देखि ५ गतेसम्म पनि गर्न शास्त्रसम्मत् हुने उनले बताए ।

यसै क्रममा मानिसहरु बिभिन्न नदि, तलाउ, पोखरीको किनारमा गई पितृलाई पिण्डदान गर्ने गर्दछन् ।

यसैबीच आज भक्तपुरको पवित्र तीर्थस्थल हनुमानघाटमा मंगलबार सोह्र श्राद्ध गर्नेको घुइँचो लागेको छ ।


प्रकाशित मितिः बिहीबार, असोज १, २०७७, १०:४३