काठमाडौंः आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको चाहिँ बढेको छ । आइतबारको तुलनामा सोमबार चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो ।

आइतबार ९५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार स्थिर रहँदै सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

चाँदी भने आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १७ सोमबार, ११:३५